Logo

सुर्खेत जिल्ला क्रिकेट सङ्घमा नयाँ नेतृत्व चयन



कर्णाली, ७ माघ: सुर्खेत जिल्ला क्रिकेट सङ्घको चुनावी साधारणसभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा विहीबार सम्पन्न साधारणसभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

क्रिकेट सङ्घ जिल्ला अधिवेशन निर्वाचन समितिका अनुसार उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुसाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन् । सदस्यमा पदमबहादुर खड्का, नरेशसिं थापा, सूर्यविक्रम थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनकविक्रम शाही, भुवन कोइराला, रोशन शाही, विदुर केसी र सम्राट राई चयन भएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्