Logo

आहा राहा गोल्डकपः आज नेपाल पुलिस र हिमालयन शेर्पा भिड्ने



काठमाडौं, ७ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (शुक्रबार) एक खेल हुँदैछ ।

आज नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजना सहित मैदान उत्रिनेछन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्