Logo

रोमान्चक खेलमा बार्सिलोना पराजित



काठमाडौ, ७ माघ । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना अन्तिम १६ बाट बाहिरिएको छ ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ३–२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

खेलको दोस्रो मिनेटमा इकर मुनियानले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाए ।

तर, खेलको २०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई २–१ को अग्रता दिलाए ।

इन्जुरी समयमा पेड्रीले गोल गरेपछि खेल २–२ को बराबरी अवस्थामा आएको थियो ।

तर, अतिरिक्त समयको १ सय ५औं मिनेटमा इकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बिल्बाओलाई ३–२ को रोमान्चक जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्