Logo

आइसिसी पुरुष टी–२० विश्वकपको खेल तालिका सार्वजनिक



काठमाडौं, ७ माघ । आइसिसी पुरुष टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको तालिका अनुसार पुरुष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंका र नामिवियाबीच प्रतिष्पर्धा हुने भएको छ ।

पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंका सहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् ।

समूह ‘बी’मा स्कटल्यान्ड र वेस्ट इन्डिजका साथै ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।

ग्लोबल छनोटमा चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

प्रतियोगिताको सुपर १२ को खेलहरु भने अक्टोबर २२ बाट सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ मा हुनेछ ।

अष्ट्रेलियामा हुने यस प्रतियोगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस्