Logo

घाना: मध्य शहरमा विष्फोटक पदार्थ बाकेको ट्रक विष्फोट, कयौको मृत्यु



एजेन्सी, माघ ७ । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ ।

अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । विस्फोटमा परेर ५९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ । विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ ।

विस्फोट पछि कयौँ भवन भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशङ्का गरिएको छ।



प्रतिक्रिया दिनुहोस्