Logo

भारतमा थप तीन लाख ४७ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, ७ माघ। भारतमा कोरोना संक्रमित हुनेको संख्या झन्डै साढे तीन लाख पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २ सय ५४ जनामा कोरोना देखिएको हो भने पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७०३ पुगेको छ।

यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । ओमिक्रोन संक्रमितको संख्या नौ हजार भन्दै रहेको जनाइएको छ।

यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot