Logo

कप्तानको हैसियतमा पहिलोपटक नेपाल आउँदै सन्दीप



काठमाडौं, ७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज (शुक्रबार) नेपाल आइपुग्ने भएका छन् ।

लेग स्पिनर समेत रहेका सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया पुगेका थिए ।

उनी अष्ट्रेलियामै रहेको समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका हुन् ।

कप्तान भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।

उनले सामाजिक सञ्जाल इन्टाग्राममा जहाजमा बसेर विमानस्थलको स्टोरी राख्दै लेखेका छन् ‘होम कलिङ’ ।

क्यानले आईसीसी टि–२० ग्लोबल छनोटको लागि सन्दीपको कप्तानीमा १६ सदस्यीय टोलीको समेत घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्