Logo

स्थानीय चुनाव अगाडि प्रतिनिधिसभाको गर्न खोजिए एमालेले ‘बहिष्कार गर्ने’



काठमाडौं, ७ माघ । स्थानीय निकायको निर्वाचन अगाडि प्रतिनिधि सभाको निर्वाचन गर्न खोजिए नेकपा एमालेले बहिष्कार गर्ने संकेत गरेको छ ।

एमालेका नेताहरुले वैशाखमा प्रतिनिधि सभाको चुनाव गरेर पछि मात्र स्थानीय चुनाव गर्न खोजिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतले स्थानीय चुनाव पछि धकेले कडा कदम चाल्ने चेतावनी दिएका छन् । पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले सडक संघर्षमा जाने चेतावनी दिइसकेका छन् ।

ओलीले प्रचण्डले बोल्नु अघि नै स्थानीय चुनाव टार्न खोजिएको बताइसकेका छन् । उनले कुनै संकेत पाएरै बोलेका थिए । नभन्दै प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनाव गरेर कात्तिकमा स्थानीय चुनाव गर्ने प्रस्ताव गरे ।

एमाले नेताहरुको अभिव्यक्तिले स्थानीय चुनाव पछि सारेमा मूठभेडको सम्भावना बढेर गएको छ । यसले संवैधानिक संकट आएर नयाँ राजनीतिक घटनाक्रम विकास हुने सम्मको खतरा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot