Logo

अपराध महाशाखाद्वारा गुणस्तरहीन मह उत्पादन गर्ने उद्योगमा छापा, एक पक्राउ



काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ । त्यस्तै नक्कली मह बनाउन प्रयोग हुने ग्लुकोज चीनी, लेवलेङ मेसिन लगाएतका सामाग्री पनि बरामद गरिएको महाशाखका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए । अनुसन्धानमा श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले गुणस्तरहिन मह बिक्री गर्दै आएको प्रहरीले बताएको खुलेको कोईरालाले बताए ।

पक्राउ परेका श्रेष्ठले काठमाडौं उपत्यका र पोखराका होटेल तथा रेष्टुरेन्टहरूमा थोक र खुद्रा वितरण गर्दै आएको खुलेको छ । उनले कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट गुणस्तरहीन कच्चा पदार्थ ल्याएर मह बनाउँदै गरेको महाशाखाले जनाएको छ । गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चीनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट हुने गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्