Logo

विश्लेषक अरुण सुवेदीको दाबी : माधव नेपाल अहिले धरापमा हुनुहुन्छ, प्रत्यक्षतर्फ एक सिट पनि जित्न संघर्ष छ (भिडिओसहित)



काठमाडौं, ७ माघ । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिले चुनावको कारण सबैभन्दा संकटको अवस्था माधव कुमार नेपाललाई रहेको टिप्पणी गरेका छन् । उनले अहिले माधव नेपालको राजनीति धरापमा रहेको दाबी गरे ।

हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जित्नपनि माधव नेपाललाई भयंकर ठूलो संघर्ष गर्नुपर्ने टिप्पणी गरे ।

उनले यदि प्रत्यक्ष निर्वाचनतर्फ कसैसँग पनि गठबन्धन नगर्ने हो भने माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने ठोकुवा गरे । उनले अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन स्वभाविक नभएको जिकिर गरे । उनले प्रचण्डले आगामी निर्वाचनमा केपी ओलीसँग पनि गठबन्धन गर्नसक्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्