Logo

देउवाले चुनावबारे के घोषणा गर्लान् ?



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । उनले केहीबेरमा गर्ने सम्बोधनबारे सबैको चासो छ ।

देउवाले प्रतिनिधि सभा या स्थानीय चुनावको मिति घोषणा गर्ने चर्चा छ । प्रतिनिधि सभापछि स्थानीय चुनाव गर्ने गरी घोषणा हुने हो या एकसाथ गर्ने गरी घोषणा गर्ने हो चासो बनेको छ । संविधानमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपतिलाई चुनावको सिफारिश गर्ने प्रावधान छ ।

यसअघि सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतनिधिसभा चुनावको प्रस्ताव गरेका थिए । यसले राजनीतिक तरंग ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्