Logo

पुर्वाञ्चल विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित



काठमाण्डौ, ७ माघ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ ।
विश्वविद्यालयले एक सूचना निकालेर आज कोरोना सक्रमणको जोखिम बढेकोले सबै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

सुचनामा सबै सङ्कायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि नै कोरोनाका कारण यसअघि नै त्रिवि, काठमाण्डौ विश्वविद्यालय र मध्यपश्चिम विश्व विद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्