Logo

एमसीसीबारे देउवाले के भने ?



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइनेछ,’ देउवाले भने । उनले घुमाउरो तरिकाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषय अगाडि बढाउने संकेत गरेका छन् ।

संसदको गतिरोध हुँदा एमसीसी अगाडि बढेको छैन । यसबारे दलहरुबीच सहमतिको प्रयास चलिरहेको छ । तर, संसदमा रहेका मात्र नभई सत्तारुढ दलभित्रै एमसीसीबारे मतभेद छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ । उसले १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्