Logo

तीनवटै तहको चुनाव गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा



काठमाडौँ, ७ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्