Logo

प्रधानमन्त्री देउवाले गरे चाँडै चुनाव घोषणा गर्ने संकेत



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै चुनावको मिति घोषणा गर्ने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै चुनावी तयारीमा लाग्न आग्रह गरे ।

‘आगामी वर्ष तीन तहको चुनाव गर्नुपर्ने दायित्व छ,’ देउवाले भने,‘सबैलाई चुनावको तयारीमा लाग्न आग्रह गर्दछु ।’

सरकारमा रहेका दलका शिर्ष नेताहरुबीच चुनावको घोषणा गर्ने छलफल चल्न थाल्दै गर्दा देउवाको पछिल्लो भनाई आएको हो । पहिले प्रतिनिधि सभाको या स्थानीयको चुनाव घोषणा गर्ने टुंगो लागेको छैन । सत्तारुढ दलहरुभित्र यसबारे कुरा मिलेको छैन ।

संविधान अनुसार मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिश गरी चुनावको घोषणा गर्ने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्