Logo

कोरोना संक्रमण नियन्त्रणबारे प्रधानमन्त्री देउवाले के भने ? (भिडिओसहित)



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।

आफ्नो कार्यकाल ६ महिना पुगेको अवसरमा आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।

साथै, उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्