Logo

जनता होइन म त भेडो हुँ !



आशिष खनाल:

म जनता भईदिएको भए!

कास् म जनता भईदिएको भए,

म यो चुनाब बहिस्कार गर्थे मतपत्र होइन

सुइ माग्थे

तर बिडम्बना म जनता होइन,

म त भेडो हुँ! कास् म जनता भइदिएको भए,

मेरा बिगतमा तुईएका अमुल्य भोटका हिसाब खोज्थे,

उसलाई जिताउनुको औचित्य खोज्थे,

फेरि जिताउनु पेर्ने कारण खोज्थे!

तर बिडम्बना!म जनता होइन म त भेडो हुँ!

कास् म जनता भइदिएको भए,

बिगतको आसा र बर्तमानको निराशा बिर्सिने थिइन,

जीउदा लासले मरेका लासलाई

जलाउनु पर्ने बाध्यता भुल्ने थिइन,

अब फेरि मरिगए कसैलाई भोट दिने थिइन,

तर बिडम्बना! म जनता होइन,

म त भेडो हुँ!

कास् म जनता भईदिएको भए,

कसैलाई फेरि विश्वास गर्ने थीइन,

आफ्नै खुट्टामा बन्चरो हान्ने गल्ति

फेरि दोहोर्याउने थिइन,

कसैको चम्चागिरि गर्ने नै थिइन,

तर बिडम्बना! म जनता होइन, म त भेडो हुँ!



प्रतिक्रिया दिनुहोस्