Logo

राजनीतिक समन्वय समितिको बैठक सुरु



काठमाडौं, ७ माघ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा निर्वाचनको बारेमा छलफल हुने बताईएको छ ।

समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे निर्णय लिईने बताईएको छ ।

यसअघि गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनअघि संघीय संसद्को निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्