Logo

कोरोना संक्रमित संख्या घट्यो



काठमाडौं, ७ माघ । कोरोना भाइरसको लक्षण देखिएपछि टेष्ट गर्न जाने गरिएकोमा पछिल्लो समय घट्न थालेका छन् । सरकारले टेष्टको मूल्य घटाउने निर्णय गरेपनि परीक्षण गर्नेहरु घट्न थालेका हुन् ।

संक्रमणको लक्षण देखिएपछि घरमै आइशोलेशनमा बस्नेहरु बढेका छन् । परीक्षण गर्नेहरु घट्न थालेपछि संक्रमित संख्या पनि हिजोभन्दा आज कम पत्ता लागेका छन् ।

बितेको २४ घन्टामा १० हजार ७ सय ३ जना संक्रमित भएका छन् । विगत दुई दिनमा संक्रमित योभन्दा बढी थिए ।

सरकारले दैनिक ३० हजारसम्म संक्रमित संख्या पुग्ने प्रक्षेपण गरेको छ । तर, टेष्ट गर्न जानेहरु घटेका छन् । अस्पतालमा भर्ना हुन टेष्ट अनिवार्य गरिएकाका कारण जानेबोहक टेष्ट गर्न जाने घट्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्