Logo

सुरक्षण मुद्रण छापाखानामा परीक्षण छपाइ



बनेपा, माघ ८। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ ।

छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) र एक थान डाई कटिङ मेसिन जडान गरी छपाइको नमुना कामसमेत सम्पन्न भएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माद्वारा छापाखानाको अवलोकन गरिएको जानकारी दिए । ‘‘अर्थमन्त्रीबाट छापाखानाको अवलोकन भएको छ, उक्त अवसरमा हामीले नेपालमा नै अब अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा नमुना स्टिकर छापेर देखाएका हौँ’’, उनले भने– ‘‘नेपालमा नै अब अहिले प्रयोगमा आएभन्दा गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’’

सरकारले छापाखानाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी अन्तःशुल्क स्टिकर छाप्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदका लागि बजेट व्यवस्थापन गरेको खण्डमा स्वदेशमा नै अन्तःशुल्क स्टिकर छाप्न सकिने उनले बताए।

सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मेसिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिएका थिए । हाल जडान गरिएका मेसिनले वार्षिक ६० करोड थान अन्तःशुल्क स्टिकर छाप्न सक्ने आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्