Logo

सातै प्रदेशमा सिटामोल वितरण



काठमाडौं, माघ ८ । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।

प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनले जानकारी दिए । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।

गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उनको भनाई छ ।

सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्