Logo

भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रीकाको जित



काठमाडौं, ८ माघ । भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।

दक्षिण अफ्रीकाको घरेलु मैदानमा शुक्रबार भएको दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज २–० ले हात पारेको हो ।

तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार हुनेछ ।

भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले सर्वाधिक ९१ रन बनाए भने क्विन्टन डी ककले ७८ रनको योगदान गरे ।

यस्तै, कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए ।

एडिन मार्क्रम र रस्सी भान डेर डुसेन पनि समान ३७÷३७ रनमा अविजित रहे ।

भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले समान १÷१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो ।

भारतका ऋषव पन्तले सर्वाधिक ८५ रनको योगदान गरे । यस्तै, कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दक्षिण अफ्रीकाका लागि ताब्रेज शास्मीले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot