Logo

आहा रारा गोल्डकपः आज एपीएफ र बिवाइएसी मिनेसोटाबीच प्रतिष्पर्धा हुने



काठमाडौं, ८ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (शनिबार) एक खेल हुँदैछ ।

आज हुने खेलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा युएसएबीच प्रतिस्पर्धा हुनेछ । पारेखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

विजेता टिमले १० लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्