Logo

नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने



काठमाडौं, ८ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट भन्दा पहिले नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले (शनिबार) सामाजिक सञ्जाल मार्फत नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने जनाएको हो ।

सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् ।

सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ ।

दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्नेछ भने फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।

यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्