Logo

यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु



एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् ।

उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने यमनमा रहेको रेडक्रस अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले बताएको समाचार संस्था एएफपीले जनाएको छ । यमनभर अहिले इन्टरनेट सेवा बन्द भएको छ । हुथी विद्रोहीले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमला भएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्