Logo

आज सर्वदलीय बैठक नै नबोलाएको सरकारको प्रवक्ताको भनाई



काठमाडौं, ८ माघ । आज सर्वदलीय बैठक बस्ने भनिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको र जानकारी नभएको बैठकमा नजाने भनेर नेताहरुले धारणा सार्वजनिक गरिरहेको बेला सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नै नबोलाईएको स्पष्ट पारेका छन् ।

प्रवक्ता कार्कीले आज सर्वदलीय बैठक बोलाईएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारे । स्थानीय तहको निर्वाचनबारे छलफल गर्नको लागि बैठक बोलाईएको भनेर हिजो रातिदेखि नै समाचार आएको बेला बैठक बस्ने समयमा आएर सरकारका प्रवक्ताले बैठक नै नबोलाईएको स्पष्ट पारे । file photo



प्रतिक्रिया दिनुहोस्