Logo

सरकारको विषयमा एमाले र नेकपा (एकीकृत समाजवादी) का युवा नेताहरुको चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ८ माघ । नेकपा (एमाले) का युवा नेता बच्चन सिंहले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सफल भन्नु गलत हुने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही पनि राम्रो काम गर्न नसकेको दाबी गरे । उनले देउवा सरकारलाई ईतिहासकै असफल भनेर आरोप लगाए । तर, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का युवा नेता शंकर भण्डारीले भने वर्तमान सरकार असफल नभएको जिकिर गरे ।

उनले देउवा सरकार ईतिहासकै विषम् परिस्थितिमा बनेको स्पष्ट पारे । उनले यो सरकारले देशलाई सही ट्रयाकमा ल्याउने काम गरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्