Logo

सरकारको ६ महिना कति सफल ? : ऋषि धमलाको कार्यक्रममा कसले के भने ? (भिडिओसहित)



काठमाडौं, ८ माघ । सरकारको ६ महिनाको बारेमा दलका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।

नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सरकारको ६ महिना पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले कांग्रेसको एकल सरकार नभएको बताँदै सबैलाई चित्त बुझाएर जानुपर्ने अवस्था रहेको सुनाए । उनले अझै धेरै राम्रा काम हुने दाबी गरे ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले भने सरकार सफल नभएको जिकिर गरे ।

उनले देउवाको ६ महिने कार्यकाल सफल नरहेको बताए । उनले प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा गरेको सम्बोधनमा नयाँ कुरा नरहेको सुनाए ।

नेकपा (माओवादी केन्द्र) का दिनानाथ शर्माले सरकार रहेको सुनाए । उनले प्रधानमन्त्री देउवा सफल प्रधानमन्त्री रहेको सुनाए ।

पार्टीको १४औं महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र पार्टीभित्रको आन्तरिक व्यवस्थापन राम्रो गरेको कारण पनि देउवा सफल भएको शर्माको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्