Logo

हामी संविधान कार्यान्वयनको पक्षमा छौं, स्थानीय निर्वाचन समयमै हुन्छः प्रदीप पौडेल



नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुने स्पष्ट पारेका छन् ।
आज बिहिन नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले भने,‘सरकार संवैधानिक व्यवस्था अनुसार अगाडि बढ्छ । हिजो प्रधानमन्त्रीज्यूले आफ्नो संबोधनको क्रममा पनि एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिनेछ भनेर भन्नुभएको छ । हामी संविधान कार्यान्वयनको प्रक्रियामा रहेका छौं । त्यसैले संवैधानिक व्यवस्था अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्छ र निर्वाचन हुन्छ, हुनुपर्छ ।’
प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको अन्तरवार्ताको सम्पादित अंशः

नेपाली काँग्रेस निर्वाचनको लागि डराएको हो ?
चुनावको लागि डराउने कुरा छैन् । यो संवैधानिक व्यवस्था अनुसार अगाडि बढ्छ । हिजो प्रधानमन्त्री ज्यूले आफ्नो संबोधनको क्रममा पनि एक वर्ष भित्र तिनै तहको निर्वाचन सम्पन्न गरिनेछ भनेर भन्नुभएको छ । हामी संविधान कार्यान्वयनको प्रक्रियामा रहेका छौं । त्यसैले संवैधानिक व्यवस्था अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्छ र निर्वाचन हुन्छ, हुनुपर्छ ।

स्थानीय तहको निर्वाचन चाहीँ कहिले गर्नुहुन्छ ?
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको रिक्तता हुनुहँुदैन । त्यसैले स्थानीय तह रिक्तता नहुनेगरि निर्वाचन समयमा नै सम्पन्न हुन्छ ।

उसोभए वैशाखमा नै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने लाइनमा नेपाली काँग्रेस हो ?
सबै तहको निर्वाचन एकैपटक हुनपनि सक्छ । तर, स्थानीय तहको रिक्तता नहुने व्यवस्था भएको कारणले संवैधानिक व्यवस्था अनुरुप सबै कुरा हुन्छ । निर्वाचन हुँने सन्दर्भमा राष्ट्रिय सहमति हुनुपनि आवस्यक रहेको छ । राष्ट्रिय सहमतिका साथ स्थानीय निर्वाचन पनि समयमा नै हुन्छ ।

समय भनेको कहिले हो ? वैशाखमा नै स्थानीय तहको निर्वाचन हुने हो ?
त्यहि त मैले भने नि संवैधानि व्यवस्था अनुरुप यसको रिक्तताको कुनै संभावना रहेको छैन् । वैशाख भित्र नै स्थानीय तहको निर्वाचन गर्ने जुन व्यवस्था छ । त्यसअनुसार निर्वाचान गर्नुपर्ने आवस्यकता छ । मैले अगाडी पनि भने हामी संविधान कार्यान्वयनको प्रक्रियामा अगाडी बढेका छौं । हामी प्रारम्भमा रहेका छौं । अहिलेको अवस्यामा स्थानीय तहको निर्वाचन समयमा नभएपछि प्रारम्भमा नै त्रुटि जस्तो देखिन्छ । त्यसकारणले सबै तहको निर्वाचन गर्नसक्ने अवस्था भयो भने त्यो पनि संभावना हुनसक्छ । त्यसो हुन सकेन भनेपनि स्थानीय तहको निर्वाचन वैशाखमा हुनुपर्छ ।

सबै तहको निर्वाचन एकैपटक गर्न संवैधानिक चुनौति छैन ?
नेपाली काँग्रेस संसद पूर्ण अवधी चल्नुपर्छ भन्ने पक्षमा रहेको छ । हिजो केपी शर्मा ओलीले संसद विघटन गरेको अवस्थामा त्यसो गर्नु हुँदैन् । संसद पूर्ण अवधि चल्न नदिएर बिघटन गरे पुनः अस्थिरता निम्तिन सक्न भनेर हामीले भनेका हौ । त्यसका कारण संसदको पूर्ण अवधि जति छ । त्यो पुर्ण रुपमा चल्न दिनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो । तर, अहिलेको अवस्थामा जुन प्रकारले संसदमा ताला लाएजसरि अवरुद्ध गरिदै आएको छ, यो चाही असाधै गैरजिम्मेवारपूर्ण व्यवहार हो । संसद नै चल्न नदिने, संसदबाट समस्याको समाधान खोज्ने यो व्यवस्थाको मुख्य विषय हो । हुन त केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा दुईपटक संसद विघटन गर्नुभएको हो । त्यसैले उहाँ संसदको निरन्तरताको पक्षमा हुनुहुँदैन् । तरपनि हाम्रो आग्रह के हो भने संसदलाई पूर्ण अवधि चल्न दिएर सबै समस्याको हल संसदबाट खोलिनुपर्छ । स्थानीय तह सम्बन्धको विषयमा पनि संसदमा छलफल गर्न जरुरी छ । तर, आफ्नो भनेको भएन भने संसद बन्द गर्ने खालको प्रवृतिले व्यवस्थामा नै आँच आउन सक्छ । संसद नै चल्न नदिने हो भने निर्वाचनमा जाहौं भन्ने भनाई अहिले चलिरहेको छ ।

निर्वाचनमा जान तपाईंहरुलाई संवैधानीक संकटहरु छन् नि होइन् ?
मेरो भनाई नै त्यहि हो । तर, संसद नै चल्न नदिने काम भइरहेको छ । मुलुकमा जल्दाबल्दा धेरै विषयहरु छन् । संसदमा छलफल गरेर अगाडी बढ्नुपर्ने ठाउँमा संसदनै बन्द गर्ने हो त ? असहमतिहरु हुन्छन् । आफ्नो पक्षबाट कुनैपनि विषयमा सहि र गलत भनेर छलफल गर्न सकिन्छ । तर, ति असहमतिलाई सहमतिमा पुर्याउने हो । संसद चल्न नदिने कुरा पूर्णरुपमा गलत रहेको छ । त्यसैले संसद सञ्चालन गर्ने र राष्ट्रिय सहमति अनुसार स्थानीय तहको निर्वाचन गर्नु आजको अवस्यकता हो ।

नेपाली काँग्रेस प्रचण्डले जे भन्नुभयो त्यहि गर्ने अवस्थामा पुगेको हो ?
त्यसो होइन् । हामीले संस्थागत हिसाबमा स्थानीय तहको निर्वाचन समयमा हुने कुरालाई रोकेका छैनौं । स्थानीय निर्वाचन समयमा हुनुपर्छ । मैले अघि नै भने नि हामी संविधान कार्यान्वयन गर्न आएका हौं । अहिले हामीले जे काम गर्ने छौं त्यो नजिरको अवस्थामा बस्नेछ । त्यसैले मैले पटकपटक भनिरहेको छु । स्थानीय निर्वाचन समयमा नै हुनुपर्छ ।

तर, गठबन्धनले नै संविधान मिचेको छ भन्छन् ?
होइन्, अहिले निर्णय नै भएको छैन् । संविधान मिच्यो भनेर कसरी भन्न सक्नुहुन्छ ? त्यो त छलफल मात्र भएको विषय हो ।

तपाईंहरुले तिनै तहको निर्वाचन एकैपटक गर्ने भनिरहनुभएको छ । त्यो पनि संविधान भन्दा बाहिरको कुरा होइन र ?
हामीले अहिलेको अवस्थामा के गर्दा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं । कुनै पनि निर्णय गरिसकेका छैनौं । हामीले संविधान भन्दा बाहिर नगएर राष्ट्रिय सहमतिको आधारमा काम गर्नेछौं ।

देशमा अर्बौंको भ्रष्टचार भइरहेको छ । तर, तपाईंहरुले निर्वाचनमा धेरै पैसा खर्च हुन्छ भनेर एकैपटक गरौं भन्नुहुन्छ । यो के गर्न खोज्नुभएको हो ?
भ्रष्टचार भइरहेको छ । त्यसकारणले मितब्यिता अपनाउनु आवस्यक छैन् भन्ने त होइन् नि । म त व्यक्तिगतरुपमा छुट्टाछुट्टै निर्वाचन हुन्छ भन्ने पक्षमा रहेको छु । तर, वहसमा आउका विषयहरुसँग जोडेर मैले यहाँ उल्लेख गर्न मात्र खोजेको हो । यसले संवेधानिक व्यवस्था कुल्चिन्छ भन्ने पनि होइन् । मुलुकमा मितब्यिता अपनाउने कतिपय पक्षहरु छन् । त्यो पक्षमा सरकार गम्भिर हुने र त्यस अनुसार अगाडी बढ्ने कुरालाई पनि गलत रुपमा हेरिनु हुँदैन् । तर, अहिले नै यसरी जाने भनेर काँग्रेसले भनिसकेको अवस्था पनि छैन् । त्यसकारणले अहिले संसद नचलेको कारणले संघिय निर्वाचनको विषय बाहिर आएको हो । यसको समाधान संसद सुचारु गर्ने हो । त्यसपछि स्थानीय तहको निर्वाचन समयमा गर्ने । अहिलेको अवस्थामा हाम्रो राष्ट्रिय आवस्यकता यहि हो ।

उसोभए वैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ ?
अहिले हाम्रो संवैधानिक बाध्यता त्यसअनुसार रहेको छ र हुनुपर्छ ।

शेरबहादुर देउवाको छ महिने कार्यकाल कस्तो रह्यो, उहाँ सफल हुनुभयो ?
हामी कुनैपनि सरकारसँग सन्तुष्ट हुने स्थिति रहेको छैन् । तर, अघिल्लो सरकारले जुन विरासत छोडेको थियो । जुन खालको भद्रगोल अवस्था रहेको थियो । यो छ महिनाको बिचमा नेपाली काँग्रेसको आन्तरिक अधिवेशन पनि भएको स्थिति हो । कोभिड पनि बढेको अवस्था रहेको छ । यस्तो सबै कुराको विश्लेषण गर्दा छ महिनामा सरकार असफल भयो भन्ने स्थिति छैन् । तर, जुन खालको अपेक्षा गरिएको थियो । त्यस अनुसार भएको पाइदैन् । अब प्रधानमन्त्री ज्यू सरकारको प्रभावकारिता अगाडी बढाउने कार्यमा अगाडी बढ्नुहुन्छ । हिजो उहाँले प्रस्तुत गरेका कुराहरु तथ्यगत रहेका छन् । कोभिडको खोप सबै नेपाली जनतामा पुर्याउने काम सरकारको हो । त्यो काम सरकारले चाँडो गर्नेछ । त्यसैले मलाई लाग्छ आगामी दिनमा सरकारको प्रभावकारिता थप बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्