Logo

चीनद्धारा नेपालमाथि अघोषित नाकाबन्दी, किन बोल्दैन सरकार ?



काठमाडौं, ८ माघ । मित्रराष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । चीनको यो व्यवहारबाट नेपाली जनता ठूलो मारमा परेका छन् । खासगरी व्यवसायीहरु ठूलो मर्कामा परेका छन् । अहिलेपनि चिनियाँ नाकामा नेपाली मालवाहक ट्रकहरु हजारौंको संख्यामा लाईनमा छन् । उनीहरुले ठूलो सास्ती खेप्नुपरेको छ ।

खासगरी देखिनेगरि चीनले २०७६ बाट नै नेपालमा नाकाबन्दी लगाको छ । उसले कोभिडलाई बहाना बनाएको छ । अहिले नेपाल–चीन जोड्ने उत्तरी नाकाहरु प्रायः सबै ठप्प छन् । हुन त चिनियाँ नाकाहरु बन्द गर्दा नेपाल सरकारले आधिकारिक रुपमा यसको विरोध गरेको छैन् ।

नेपाल र चीनबीच विभिन्न रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर सबैभन्दा धेरै ब्यापार हुने नाका हुन् । तर, अहिले यी नाकाहरु नै ठप्प छन् । यसले व्यवसायीहरु ठूलो मारमा परेका छन् । अहिले चीनले कोरोनाको बहाना बनाएर रुसुवागढी नाकाबाट दैनिक ९ वटा कन्टेनर मात्रै नेपाल प्रवेश गर्न दिएको छ । यसअघि दैनिक सयौंको संख्यामा कन्टनेर निर्वाद रुपमा आउने गर्दथे ।

उता, मुस्ताङको कोरला, हुम्लाको यारी, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, गोरखाको लार्के र मुगुको मुगु भन्सारबाट पनि नेपालले चीनसँग सानोतिनो मात्रामा व्यापार हुँदै आएको थियो । अहिले ती नाका पनि बन्द छन् । मुख्य नाकाको रुपमा रहेका तातोपानी र रसुवागढी नै वर्षौसम्म बन्द गर्दा नेपाली जनता ठूलो मारमा परेका छन् । चीनले यी नाकाहरु सुचारु गर्नको लागि कुनै पहल गरेको छैन् ।

सरकारले पनि यसबारेमा बोलेको छैन् । चीनले आर्थिक नाकाबन्दी लगाएको विरोधमा भर्खरै काठमाडौंको माईतीघरमा प्रदर्शन भैसकेको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले चीनले नेपाली भूभाग मिचेको र नेपालमाथि अघोषित नाकाबन्दी गरेको विरुद्धमा चीनको विरुद्धमा प्रदर्शन गरेका थिए । नीहरुल्े नेपालस्थित् चिनियाँ राजदूतको पुत्लासमेत जलाएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot