Logo

मुस्ताङका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई कोरोना संक्रमण



काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीलाई कोरोना सक्रमण पुष्टि भएको जनाइएको छ ।

मुस्ताङमा उच्चपदस्थ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो। सिडिओ शर्मा र प्रहरी नायव उपरक्षक दानी कोराना पुष्टि भएसंगै कार्यालयको कामकाज बन्द गरी अहिले उनीहरु आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्