Logo

उपेन्द्र यादवलाई चुनावी धक्का दिने गरी सीके राउत सक्रिय



काठमाडौं, ८ माघ । मधेशमा जनमत पार्टीका नेता सीके राउत मधेश केन्द्रित दलका नेताहरुका लागि चुनौती बन्दै गएका छन् । राउतले मधेश प्रदेशमा मात्र नभई समथर भूभागका अधिकांश क्षेत्रहरुमा प्रभाव बढाएका छन् ।

किसानको मुद्दा उठाएर सीके राउत प्रभावशाली बन्दै गएका छन् । यसले उपेन्द्र यादवलगायत नेताहरु झस्किएका छन् । मधेशमा उपेन्द्र यादव पक्षधरहरुमाथि नै अवरोध हुन थालेको छ । यसकारण भौतिक पूर्वाधारमन्त्री रेणु यादवले गौर नरसंहार दोहोराउने धम्की दिइन् ।

जनता समाजवादी पार्टीको प्रभाव क्षेत्र रहेको मधेश प्रदेशमा सीके राउतको सक्रियता चासोको विषय बनेको छ । राउतले आगामी चुनाव लड्ने तयारी समेत गरेका छन् । यसले जसपालाई ठूलो चुनौती बन्न सक्छ ।

मधेशमा पृथकतावादी गतिविधि समेत गरेका सीके राउत पछि लचिलो बनेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्झौता पनि गरेका थिए । त्यसपछि मधेशमा संगठन विस्तारमा लागे ।

मधेशमा प्रभाव बनाएका राउतले आउँदो चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपालाई ठूलो धक्का दिनसक्ने संकेत देखिएको छ । उनले त्यसैतर्फ आफूलाई लक्षित गर्न थालेका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपालाई अवरोध गरेका छैनन् । यादव नेतृत्वको जसपालाई अवरोध गर्नुले उनी चुनावमा जसपालाई धक्का दिने गरी रणनीतिक रुपमा बढेको देखिदैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्