Logo

धनगढी उपमहानगरपालिकामा तयार १००० बेडको ३४ वटा होल्डिङ सेन्टरको मेयरले गरे निरीक्षण



काठमाडौं, ८ माघ । धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले महानगरपालिकाको वडा नम्बर ३ मा १ हजार बेडका ३४ वटा होल्ङिड सेन्टर निर्माण भएपछि निरीक्षण गरेका छन् ।

मेयर वडकाअनुसार उक्त होल्डिङ सेन्टरमा केन्द्रीय सरकारले बजेट उपलब्ध गराएको छ भने यसको रेखदेख नेपाली सेनाले गरेको छ । र, जमिन भने स्थानीय सरकारको रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि स्थानीय सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि आवश्यक पहलकदमी लिएका छन् ।

हिजोमात्रै उनले गौरिफण्टा नाकामा रहेको हेल्थडेक्सको अनुगमन गरेको जनाईएको छ । उनले स्वाथ्यकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरुलाई नाकामा आउने नेपाली दाजुभाई दिदी बहिनीहरूलाइ सहज र प्रत्येक नागरिकलाई कोरोना चेकजाँच मा सक्रिय रहन निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्