Logo

ओलीको भोलि कडा बोली आउने



काठमाडौं, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महत्वपूर्ण अभिव्यक्ति दिने भएका छन् । ओलीको भोलिको बोलीबारे चासो छ ।

ओलीले पत्रकार सम्मेलन नै आयोजना गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्ने तयारी गरेका छन् । तर, कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी पत्रकार सम्मेलन रोकिने सम्भावना पनि छ ।

पत्रकार सम्मेलन रोकिएमा ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ । उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाई गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

ओलीले राष्ट्रियता, कोरोना भाइरसको जोखिम, पछिल्लो समय उठेका जग्गा लिजका विवादास्पद विषयबारे पनि बोल्ने बुझिएको छ । ओलीको भोलि आउने बोलीलाई अहिले चासोका साथ प्रतिक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्