Logo

श्रीमतीलाई तरबार हानी हत्या



सुनसरी, ८ माघ । भोक्राहा नरसिंह गाउँपालिकामा एकजना युवकले पत्नीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् ।

३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्रहार गर्ने लालु प्रसाद उराउ शुक्रबार राति पक्राउ परेका छन् ।

उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसादलाई घटनाको केही घन्टामै प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ



प्रतिक्रिया दिनुहोस्