Logo

अस्मिता अधिकारी र अशोक अर्यालको स्वरमा ‘जाले रुमाल’ सार्वजनिक



काठमाडौं, माघ ९ । बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक अशोक अर्याल र नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जाले रुमाल’ बोलको गित सार्बजनिक भएको छ।

डा बिष्णुमुर्ति भट्टराई र गायक अर्यालको शब्द रहेको यस गितका संगीतकार राजु अर्याल रहेका छन् । श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेको यस गितमा दुई प्रेमी बिचको प्रेम कहानीलाई जोडिएको छ ।

‘जाले रुमाल’को म्युजिक भिडियोमा गायक अर्याल र नेपालकी चर्चित नायिका केकी अधिकारीको जोडदार अभिनय रहेको छ।

भिडियोको मुख्य भूमिकामा गायक अर्याल देखिएका छन् । निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको ‘जाले रुमाल’लाई दुर्गा पौडेलले छायांकन गरेको छन् । नबिन घर्ति मगरको सम्पादन रहेको रहेको यस गितको बजार व्यवस्थापन सलीना म्युजिक प्रा लि ले गरेको छ ।

प्रतिमा अर्यालको लगानी रहेको यो गित गायक अर्यालकै युट्युब च्यानल ‘अशोका ईन्टरटेनमेन्ट’ मार्फत बजारमा सार्वजनिक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्