Logo

आमा र नवजात शिशुको मृत्यु



हुम्ला, माघ ९ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो। अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो। यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो। शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिईन् । माइती पक्षले जिल्ला अस्पतालमा रहेको टीकाको शव उठाउन दिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot