Logo

कोरोना खोपको डबल डोज लगाएका नागरिकलाई एनआइसी क्यापिटलको यस्तो सेवा



काठमाडौं, ९ माघ । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ। संस्थाले माघ ७ गतेदेखि फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो ।

विशेष गरी यो योजना कोभिड भ्यासिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल डोज लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ संचालनमा ल्याइएको संस्थाले जनाएको छ । यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने व्यहोरा समेत जानकारी गराइन्छ ।

पछिल्लो समयमा पूनः कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको छ। उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment मा क्लिक गरि Virtual Meeting को लागि समय बुक गर्न सक्नुहुने छ ।



प्रतिक्रिया दिनुहोस्