Logo

शीर्ष स्थानको सिटी बराबरीमा रोकियो



काठमाडौं, ९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा सातौं मिनेटमा केली वाल्कर पिटर्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६५औं मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाएका हुन् ।

यस बराबरीसँगै २३ खेलमा ५७ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत छ ।

साथै, २५ अंक जोडेको साउथह्याम्पटन १२औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्