Logo

टि–२० सिरिजमा वेस्ट इन्डिजलाई अग्रता, इंग्ल्यान्ड ९ विकेटले पराजित



काठमाडौं, ९ माघ । वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।

५ खेलको टि–२० सिरिजमा पहिलो खेलमा वेस्ट इन्डिजले ९ विकेटको सफलता पाएको हो ।

इंग्ल्यान्डले दिएको १ सय ४ रन लक्ष्य वेस्ट इन्डिजले केवल एक विकेट गुमाएर १७ दशमलब १ ओभरमा पुरा गर्यो ।

वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले अविजित रहदै ५२ रनको योगदान गरे भने निकोलास पुरन २७ रनमा अविजित रहे ।

यस्तै, शाई होपले २० रन जोडे ।

इंग्ल्यान्डका लागि आदिल रसिदले एक विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले १९ दशलमब ४ ओभरमा अलआउट हुदै १ सय ३ रन जोड्यो ।

क्रिस जोर्डनले सर्वाधिक २८ रन बनाए भने आदिल रसिदले २२ रनको जोडे ।

वेस्ट इन्डिजका लागि जासन होल्डरले सर्वाधिक ४ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्