Logo

जर्मन बुन्डेसलिगा फुटबलः डर्टमण्डको रोमान्चक जित



काठमाडौं, ९ माघ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले रोमान्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाति अग्रता दिलाए ।

तर, पहिलो हाफको इन्जुरी समयमा होफेनहाइमका आन्द्रेज क्रमारीचले गोल गर्दै खेललाई १–१ को बराबरी अवस्थामा ल्याएका थिए ।

५८औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई पुनः एक गोलको अग्रता दिलाए ।

६६औं मिनेटमा होफेनहाइमका डेभिड रुमले आत्मघाती गोल गर्दा खेल ३–१को बराबरी अवस्थामा आयो ।

त्यसपछि खेलको ७७औं मिनेटमा जर्जिनियो रुटरले गोल गर्दै खेललाई ३–२को अवस्थामा ल्याएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै डर्टमण्डले २० खेलमा ४३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

होफेनहाइम ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्