Logo

राजपत्रमा पुरानै नक्सा छापिएपछि मधेश प्रदेश सरकारले भन्यो-‘गल्ती भयो, सच्याइन्छ’



जनकपुरधाम, ९ माघ । मधेस प्रदेश सरकारले आफ्नो स्थायी नाम र राजधानी राजपत्रमा प्रकाशित गरेको छ । प्रदेशको नाम र राजधानी दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको हो । तर, राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको छ ।

प्रदेश सरकारले राजपत्रमा पुरानै नक्सा प्रकाशित गरिएकोमा गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा नयाँ चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको हो ।

सुरुदेखि नै पुरानै नक्सा राखेर गतिविधि गर्दै आएकाले यस्तो भएको हुन सक्ने आन्तरिक मामिला तथा संचार मन्त्रालयका प्रवक्ता सुरेन्द्र महतो बताउँदै गल्ती भएकाले त्यसलाई सच्याइने बताए ।



प्रतिक्रिया दिनुहोस्