Logo

आहा रारा गोल्डकपः आज उपाधि दाबेदार मनाङ र पुलिस भिड्दै



काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (आइतबार) एक खेल हुँदैछ ।

आज हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

६÷६ पटक उपाधि उचालेका मनाङ र पुलिस बिचको खेल रोमान्चक हुन आँकलन गरिएको छ ।

सहारा क्लब पोखराले आयोजना गरेको यस प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्