Logo

तीनै तहको निर्वाचन एकै चरणमा गर्न असम्भव छ, यो व्यवहारिक छैन् : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको निर्वाचन तत्कालै गर्नुपर्नेमा जोड दिएका छन् । उनले यसको लागि माघको पहिलो साता नै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने बताए ।

उनले सत्ता गठबन्धनमा आवद्ध दलहरु निर्वाचनलाई पर सार्ने र लोकतन्त्रका आधारभूत संरचनामाथि प्रहार गर्न उद्धत रहेको गम्भीर आरोप लगाए । उनले तीनै तहको निर्वाचनको एकै चरणमा गर्न असम्भव मात्रै नभएर व्यवहारिक पनि नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्