Logo

रौतहटमा मन्त्री यादवको पुत्ला जलाईयो



काठमाडौँ, ९ माघ। रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

त्यहाँ सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजीसहित प्रदर्शन गरेका छन् । एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे ।

साथै, गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्री यादवले पुनः गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्