Logo

मन्त्री यादवलाई बर्खास्त गर्न समाजको माग



काठमाडौं, ९ माघ । रौतहटको गौरमा दिएको अभिव्यक्ति पछि विवादमा मुछिएकी भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।

समाजले आज एक वक्तव्य जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिले समाजमा अपराधलाई बढावा दिने भन्दै मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको ठहर गर्दे बर्खास्त गर्न माग गरेको हो ।

यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो । गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्