Logo

बाटो भुलेकी महिलालाई झुक्याएर होटल पु्र्याई सामूहिक बलात्कार



काठमाडौँ, ९ माघ। मोरङको सुन्दरहरैचा–४ बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझ इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर, बहिनीको घरसम्म पुग्ने बाटो बर्सिएपछि बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पु¥याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएको बताइएको छ ।

प्रहरीका तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए ।शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् । बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट समेत रगताम्य देखिएको प्रहरीले बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot