Logo

ओमिक्रोनको नयाँ सहप्रजाति बेलायतमा भेटिएको दाबी



एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका छन् ।

एजेन्सीको अनुसार हालसम्म स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला परेको छ । यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला परेका दाबी गरिएको छ । यो भेरियन्ट भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि फैलिसकेको आंकलन गरिएको छ ।

नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot