Logo

बोल्ड पहिरन बारे मलाइका भन्छिन्,‘ महिलालाई सधैं स्कर्टको लम्बाइबाट मापन गरिन्छ’



एजेन्सी, ९ माघ । मलाइका अरोरा बलिउडकी ती नायिका हुन् जो आफ्नो बोल्ड स्टाइलका कारण सधै चर्चामा रहने गर्छिन् । उनी आफ्नो बोल्ड पहिरन र लुकका कारण चर्चामा आउने गर्छिन् । तर, धेरै पटक मलाइका अरोरा आफ्नो बोल्ड ड्रेस र लुकका कारण ट्रोलको सामना पनि गर्नु परेको छ । अब मलाइका अरोराले ट्रोल गर्नेहरुलाई जवाफ दिएकी छिन् ।

यससँगै उनले आफ्नो बोल्ड ड्रेस र लुकको बारेमा पनि धेरै कुरा गरेकी छिन् । मलाइका अरोराले भर्खरै अंग्रेजी वेबसाइट बलिउड बबलसँग कुरा गरेकी छिन् । यस क्रममा उनले आफ्नो फिल्मी करियर बाहेक आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि धेरै कुरा गरिन् । अभिनेत्री अरोराले आफ्नो पहिरनको बारेमा भनिन्,‘कि मानिसहरूले के सोच्छन् भन्ने कुरामा आफूलाई कुनै परवाह छैन् ।’

मलाइका अरोराले भनिन्, ‘एउटी महिलालाई सधैँ उनको स्कर्टको लम्बाइ वा उनको नेकलाइनको प्वालबाट मूल्यांकन गरिन्छ… मानिसहरूले मेरो हेमलाइन वा मेरो नेकलाइनको बारेमा के कुरा गर्छन्, त्यस अनुसार म आफ्नो जीवन बिताउन सक्दिन् । ड्रेसिङ एक धेरै व्यक्तिगत छनोट हो। तपाईं एक निश्चित तरिका सोच्न सक्नुहुन्छ तर यो मेरो लागि नहुन सक्छ। म यो कसैलाई र सबैलाई निर्देशन दिन सक्दिन् ।’
उनले अगाडी भनिन्, ‘मेरो रोजाइ मेरो व्यक्तिगत रोजाइ हुनुपर्छ र उल्टो यस्तो लुगा किन लगाएको हो भन्ने कुराको हिस्सा हुन सक्दैन ? यदि मलाई सहज लाग्छ भने, म पागल होइन। मलाई थाहा छ मलाई के राम्रो देखिन्छ, के छैन् । अलि अलि बढि भइसकेको महसुस भयो भने गर्दिनँ, तर पनि त्यो मेरो रोजाइको हो, त्यो भन्न सक्ने अधिकार कसैलाई छैन् ।’

आफ्नो कुराको अन्त्य गर्दै अरोराले भनिन्, ‘यदि म आफ्नो छाला, शरीर र मेरो उमेरमा सहज छु भने त्यसो होस् ।’ यसबाहेक अभिनेत्री अरोराले आफ्नो पहिरन र बोल्ड स्टाइलको बारेमा धेरै कुरा गरेकी छिन् । मलाइका अरोरा प्रायः सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् र आफ्नो बोल्ड ड्रेसमा तस्विर शेयर गरिरहेकी हुन्छिन् ।

 



प्रतिक्रिया दिनुहोस्