Logo

काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको विरोध (फोटोफिचर)



काठमाडौं, ९ माघ । नेपाल विद्यार्थी संघ लगायत आठ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आइतबार सबै मेडिकल कलेजका विद्यार्थीहरुको पठनपाठनको वातावरण नबनेसम्म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कजेलको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न माग गर्दै संगठनले काठमाडौं मेडिकल कलेज प्रशासनमा तालाबन्दी गरेको हो ।

गृह तथा शिक्षा मन्त्रालय, चिकित्सा आयोग तथा सम्बन्धित निकायसँग सबै विद्यार्थीहरुले सहज रुपमा अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गर्दै कलेजमा तालाबन्दी गरिएको संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संगठनले विद्यार्थीको माग प्रति अब पनि वेबस्था गरेमा आन्दोलनले नै सबै विषयको छिनोफानो गर्ने समेत गम्भिर चेतावनी दिएको छ।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको बिबिएस, बिडिएस र बिएनएस का २०२१ ब्याचका विद्यार्थीहरु कलेज प्रशासनको धम्की र अवैध करारनामाका कारण विद्यार्थीहरु असुरक्षित र भयवति भएको पनि संगठनले जनाएको छ ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्